६५ प्रतिशत मतदान


काठमाडौं- आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिश मतदान भएको छ। ‘अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ’, निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने, ‘मतदानको प्रतिशत बढ्न सक्छ।’

सबैभन्दा धेरै बाजुरामा ८० प्रतिशत मतदान भएको छ। आइतबार ३२ जिल्लामा पहिलो चरणको निर्वाचन भएको थियो।

साभार : नागरिक