कांग्रेसका उम्मेदवारको गाडीमा बम प्रहार


शनिबार, ०९ मङि्सर २०७४

नवलपरासी – कांग्रेसका दुई उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । हुप्सेकोट ५ पोखरीमा जिल्ला सभापति एवम् क्षेत्र नम्बर २ नवलपुरका प्रदेश सभाका उम्मेदवार विष्णु लामिछाने र प्रतिनिधि सभा उम्मेदवार विष्णुकुमार कार्की चढेको गाडी लक्षित गरेर शनिबार बिहान बम प्रहार भएको हो ।
चुनावी अभियानमा हुप्सेकोट गाउँपालिकाको धोवादी र बुंदिकाली गाउँपालिकाको जाँदै गर्दा अज्ञात समूहले गाडीमा बम प्रहार गरेका थिए । बम प्रहनरलगत्तै सुरक्षाकर्मीको फायरिङपछि आक्रमणकारी भागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र बिसीले बताए ।

साभार : नागरीक