व्यावसाय विस्तार तालिम ।


सुर्खेत, १८ भदौ । युवा वेरोजगार एवंम् न्यून आय भएका व्यक्तिहरुका लागी व्यवसायी विस्तार तालिम आईतबार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । यु.एस.ए.आइडीको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै पहल कार्यक्रमका, कार्यक्रम संयोजक सौरभ कर्मचार्यले सहभागिहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी अरुलाई समेत सिकाउन आग्रह गरे । कर्मचार्यले, बिना योजना व्यापार–व्यवसाय गर्ने बानिका कारण गाऊ स्थरमा संचालित व्यवसायहरु दिगोपन रुपमा नचल्ने भन्दै , यस तालिमबाट उपयुक्त व्यवसाय गर्ने वातावरण बनाउने र तालिमले थप सहयोग हुने आशा सहित तालिम पश्चात तालिमका बारेमा गाउँ स्तरमा चेतना फैलाउने उद्देश्यले तालिम आयोजना गरेको बताए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी मार्फत युवालाई स्वरोजगार बनाउन सकिने भन्दै गाउँ गाउँमा रहेका युवा–यसवतीहरुलाई बिभिन्न सिपमुलक तामिलहरु दिई, व्यापार व्यवसायमा आवद्ध गराई उक्त व्यवसायबाट आम्दानी भएको पैसा विभिन्न सहकारीमा बचत गरी भविष्यमा आई पर्ने आर्थिक संकटबाट बच्नका लागी पहल परियोजना लागु भएका गाविसका वेरोजगार युवा–युवतीहरुलाई चाहिने आवश्यक तालिमहरु प्रदान गरी एक सक्षम व्यक्ति बनाउने उद्देश्य रहेको बताए । तालिममा पहल परियोजना लागु भएको मध्यपश्चिमाञ्चलका सुर्खेत जिल्लाको लेखपराजुल, नेटा, रजेना, काफलकोट, रानीवास र धारापानी गाविसका १४ जना सहभागिहरु हरेका छन् ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्दैशक भुपेन्द्र प्रसाद कडेंले व्यापार–व्यवसाय गरेका व्यक्तिहरुले पनि आफ्नो व्यवसायलाई थप स्तर उन्नती गर्नका लागी, व्यवसायीक योजना बनाएर व्यवसाय गर्दा राम्रो हुने बताए । जिल्ला पशुसेवा कार्यालय सुर्खैत, घरेलु तथा साना उधोग समितीका प्रतिनिधि एवंम् प्रशिक्षक,मोहन सिंह रानाले तालिमको अवधि भर सहजीकरण गर्ने, परियोजनाका बैकल्पिक जीविकोपार्जन अधिकृत पदमबहादुर दलामीले जानकारी दिए ।