वीरेन्द्रनगरको वडा न‌ं. ९ ऐतिहासिक वडा -मानन्धर


१० भाद्र । सुर्खेत । वीरेन्द्रनगर- ९ सुर्खेत लाटीकोइली स्थित बौद्ध टोल विकास संस्थाले आफ्नो प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वीरेन्द्रनगर नगर पालिका वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले पानसमा दियो बालेर सभाको शुभारम्भ गर्दै उहाँले वीरेन्द्रनगरको ९ नं वडामा ऐतिहासिक काँक्रेविहार बौद्ध गुम्बा शिव मन्दिर अँधेरी गुफा भएकोले यस वडामा भएका सम्पूर्ण टोल विकास समितिहरुले आ-आफ्नो टोलको विकासमा लागि सम्रग वडाको विकासमा लाग्न अनुरोध गर्दै वडा बाट गरिने कार्यमा आफु सँधै अहोरात्र लागि पर्ने बताउनुभयो ।

त्यस गरि वडा नं ९ का वडा सदस्य सुनिता लामाले आफुपनि यही टोलको सदस्य भएकोले आफ्नो र वडाको तर्फबाट विकास गर्न लागि पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाका बरिष्ठ प्रबन्ध विशाल केसीले बौद्ध टोलले शुरुवात बाट नै सरसफाई जस्ता जनचेतना मुलक कार्यको शुरुवात गरेको प्रशंसा गर्दै आफ्नो सहकारी पनि यही टोलमा स्थापना भएकोले टोल विकासमा सहकारी लागि पर्ने बताउनुभयो ।

टोल सल्लाहकार जनक सिंहले आफु सल्लाहकार भएर निष्कृय रहेकोमा अब भने आफु टोलका हरेक कार्यमा दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

सभाका सभापति एवं टोल अध्यक्ष प्रवाशकुमार शाक्यले प्रत्येक टोलका टोल सदस्यहरुले यो मेरो टोल हो यस्को विकासमा हामी सबै लागि टोल विकास गर्दै अगि बढेमा सम्रग वडाको विकास हुने कुरा बताउँदै उहाँले आफ्नो टोललाई सरसफाईमा विषेश ध्यान दिई स्वस्थ टोल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

 

सभाले टोलको कार्यसमितिमा हेरफेर गरेको छ । जसअनुसार सचिवमा मनदेवी वली कोषाध्यक्षमा लोकजंग रोकाया र सदस्यमा हिमाल गुरुङ्गलाई सर्वसम्मत चयन गरेको छ । कार्यसमितिमा रहेका पुरान सदस्यहरुको कार्य व्यस्ततालाई मध्यनजर गर्दै नयाँ सदस्य चयन गरेको अध्यक्ष शाक्यले बताउनुभयो ।

संस्थाका कार्यसमिति सदस्य विष्णुकुमारी घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाका कार्यसमिति सदस्य लोकजंग रोकायाले गर्नु भएको हो ।