जिसस सुर्खेतमा काङ्ग्रेसको एकलौटी जीत


२३ साउन, सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसले एकलौटी जीत हासिल गरेको छ ।

समन्वय समितिमा संयोजक,सहसंयोजकसहित ७ जना सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन । सोमबार भएको जिससको निर्वाचनबाट जिल्ला समन्वय समितिको संयोजकमा छबिलाल सिग्देल, सहसंयोजकमा देवि भट्टराई बिजयी भए ।

संयोजकमा ११ मत प्राप्तगरी काँग्रेसका छबिलाल सिग्देल बिजयी हुँदा एमालेका उम्मेद्वार टोपबहादुर रास्कोटिले ७ मत प्राप्त गरे । सहसंयोजकमा पनि ११ मत प्राप्त गरी काँग्रेसकै देवि भट्टराई बिजयी हुँदा एमालेकी दीपा चन्द मल्लले ७ मत ल्याइन ।

यस्तै महिला सदस्यमा बालकुमारी पुन, रम्बाकुमारी वी.सी. र पूर्णा चालिसे बिजयी भए भने दलित अल्पसंख्यकमा पुसे कामी निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा तीर्थबहादुर रावत, बासुदेव शर्मा र वीरसिंह घर्ती विजयी भएका छन् ।

साभारः अनलाइनखबर