सुन्दर नेपालको सामाजिक परिक्षण


साउन १२, सुर्खेत ।
सुन्दर नेपाल संस्था सुर्खेतको सामाजिक परिक्षण सम्पन्न भएको छ । संस्थाले बिहिबार आफ्नो सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गर्र्दै वार्षिक रुपमा सञ्चालन र सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेलले संस्थाबाट संचालित विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिएका छन् ।
कडेलले सुन्दर नेपाल संस्थाले संचालन गरेको अनुकुलन परियोजना अन्र्तगत १० वटा कृषि उपज संकलन केन्द्रको निर्माण तथा सञ्चालन भएको, ३७ वटा बहुउदेश्यीय पानी प्रणाली निर्माण र प्रयोग भएको, ३ वटा सुगन्धीत तेल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको, कालीदमार मौसमी केन्द्रको स्तारोन्नती तथा संयन्त्र विकासमा सहयोग गरिएको, ९५ वटा बायोग्यास स्थापनामा सहयोग गरिएको यसैगरी पहल परियोजना अन्तर्गत २  वटा बहुउद्देश्यीय पानी प्रणाली सम्पन्न,  साविकका ६ गाविसका सहकारीहरुलाई कार्यालय संचालन सामाग्रीहरु सहयोग सहित सहकारी बिकास सम्बन्धि बिविध तालिमहरु समेत प्रदान  गरेको बारे   जानकारी दिएका छन् । यसैगरी उनले सुन्दर नेपाल संस्थाको कार्यक्षेत्र भएका स्थानहरुमा प्राकृतिक विपत्ति रोकथाम र विपत पश्चात क्षति कम गर्नका लागि विभिन्न प्राविधिक सहयोग गरिएको जानकारी दिएका छन् ।
अनुगमन तथा मूल्यांकन निर्देशक शिब प्रसाद जैसीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्धेश्यका बारेमा जानकारी गराएका थिए । सामाजिक परिक्षण कार्यक्रममा सुर्खेत स्थित विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी  तथा बिभिन्न गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, लक्षित समुदायका व्यक्तिहरु लगायत संस्थाका संचालक समित पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
खाने पानी तथा सरसफाई परियोजनाका कार्यक्रम संयोजक गणेशबहादुर वलीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका निमित्त स्थानिय बिकास  अधिकारी टंकप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा सुन्दर नेपाल संस्थाका सचिव पूर्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।