सुर्खेत तुइन मुक्त जिल्ला


xTuin.jpg.pagespeed.ic.BLOnOJcFAd

४ साउन, सुर्खेत । सुर्खेत तुइनमुक्त जिल्ला बनेको छ । जिल्लामा १२ वटा तुइन रहेकोमा तीनीहरु सवैलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ ।

१२ वटै तुइन रहेको ठाउँमा झोलुंगे पुल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति अन्तरगत सामाजिक विकास अधिकृत टंकप्रकाश लामिछानेले भने, ‘अब सुर्खेत तुइनमुक्त जिल्ला बनेको छ ।’

पहिले भएका १२ तुइनमध्ये पाँचवटा तत्कालिन जिल्ला विकास समिति र ७ वटा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन डिभिजनले झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेको थियो ।

हाल सुर्खेत जिल्लाभर ९६ वटा झोलुंगे पुलहरु रहेको जिससले जनाएको छ ।

साभारः अनलाइनखबर