एमालेसँग बराबर मत आएपछि गोलाप्रथा गर्दा कांग्रेस विजयी


सल्यानको ढारचौर गाउँपालिकाको वडा नं. ४ मा दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट विजयी उम्मेदवार घोषणा गरिएको छ।

ढोरचौर गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ प्राप्त गर्नु भएको थियो।

दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि सहभागी भएर गरेको गोलाप्रथामा कांग्रेसका उम्मेदवार दिनेश विएम विजयी हुनु भएको हो।

साभारः अन्नपूर्णपोष्टअनलाइन