सहमति खोज्न तीनदल–मोर्चा कार्यदल बैठक


काठमाडौंमधेस आन्दोलन र सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलगायतका विषयमा सहमति खोज्न गठिन तीन दलमोर्चा कार्यदलको बैठक सिंहदरवारमा बसेको छ। कार्यदलको बैठकमा मधेसी मोर्चाका मागका विषयमा छलफल हुने तीन दलीय कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिए।
यसअघि आइबार बसेको कार्यदलको तीन दलीय कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो। मोर्चाले राजनीतिक संयन्त्र गठनप्रति आफू सकारात्मक भएपनि त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट खाका ल्याउन तीन दलीय कार्यदललाई आग्रह गरेको थियो। आज तीन बजे बैठक बस्ने कुराको जानकारी भर्खर मात्रै आएको छ, ‘ मोर्चाकातर्फबाट कार्यदल सदस्य हृदयेश त्रिपाठीले नागरिकन्युजसँग भने,’ हामीले यसअघि पेश गरेका विषयमा नै छलफल हुने हो।

मोर्चाले तीन दलीय कार्यदलसमक्ष ११ बुँदे प्रस्ताव राखेको थियो। सरकारी कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनलगायत विवादित विषयमा सहमति जुटाउने प्रस्ताव आएको थियो। हामीले त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट भएर आउन तीन दलीय कार्यदललाई आग्रह गरेका थियौं,’ मोर्चाका तर्फबाट कार्यदल सदस्य रामनरेश रायले भने,’ हामी वार्ता सकारात्मक हुनेमा आशावादी छौं।उनले राजनीतिक सहमझादारी छिटो टुंग्याउनु पर्ने पक्षमा आफूहरु रहेको जानकारी दिए।

कार्यदलको बैठकमा तीन दलीय कार्यलयले मोर्चाका मागप्रति सकारात्मक रहँदै तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनललगायतका विषमया सहमति जुटाउने प्रस्ताव गरेको थियो। यसअघि कार्यदलको बैठक सोमबार बस्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै बस्न सकेको थिएन। दुवै पक्षबीच सहमति भए करिब पाँच महिनादेखिको मधेस आन्दोलन र चार महिनादेखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने बताइएको छ। यसअघि सरकारले पुस ५ मा मधेसी मोर्चाका माग सम्बोधन गर्न बन्दै तीन बुँदे विशेष प्रस्ताव ल्याएको थियो, जसलाई नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाएको भारतले समेत स्वागत गरेको थियो। तर मधेसी मोर्चाले भने सरकारी प्रस्ताव अपूर्ण रहेको भन्दै आफूहरुलाई स्वीकार्य नहुने बताउँदै आएको छ।

साभारः नागरिक अनलाइन डटकम