मंगोल नेशनलको विरोध गर्दै सुर्खेतमा विशाल र्याली (भिडियो)


यही पुस १७ गते मंगोल नेशनलले सुर्खेतमा जातिय द्वन्द्व भड्काउने नारा लगाएपछि सुर्खेतमा विरोधका स्वर गुञ्जिन थालेका छन् । जाति र धर्मप्रति लक्षित गर्दै मंगोल नेशनल अर्गनाइजेशनले द्वन्द्व निम्त्याउने खेलमा लागेको भन्दै देशभक्त नागरिक संघर्ष समिति सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा विरोध र्याली निकालेको छ ।

स्थानीय वीरेन्द्रनचौकबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको छ । डलरको खेती बन्द गर्नु पर्ने, जातिय द्वन्द्व निम्त्याउन खोज्ने मंगोल नेशनल मुर्दावाद लगायतका नारा उनीहरुले लगाएका थिए ।

साभारः पश्चिमनेपाल अनलाइन