आग्रीगाउँमा प्रहरी चौकी लुटपाट


१७ कार्तिक सुर्खेत । पूर्वी सुर्खेतको आग्रीगाउँका स्थानियको एक समुहले प्रहरी चौकी लुटपाट गरेका छन् । स्थानियको सो समुहले राती प्रहरी चौकीमा रहेको एक थान पेस्तोल र ३ थान थ्री नट थ्री राइफल सहित राइफलमा प्रयोग गरिने गोली लुटेर भागेको सुर्खेत प्रहरीले जनाएको छ ।

राती रक्सी आएर होल्ला गर्दै प्रहरी चौकी भित्र पसेर एक थान पेस्तोल, ३ थान थ्री नट थ्री राइफल र केहि गोली लुटेको क्षेत्रिय प्रहरी कार्याल सुर्खेतले जनाएको ।  आज विहान जिल्लाबाट गएको प्रहरी टोलीले लुटपाट गरिएको २ थान बन्दुक र केहि शंकास्पद व्यक्तिहरुलार्इ नियन्त्रण गरि अनुसन्धान गरि रहेको क्षेत्रिय प्रहरी प्रमुख डिआर्इजी माधवप्रसाद नेपालले जानकारी दिनुभएको छ ।

स्थानिय र डिउटीमा वसेका प्रहरीवीच विवाद भएपछि १५/२० जनाले प्रहरी चौकी तोडफोड र हतियर लुटेर लगेको स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्याल सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यको टोलीले २ थान थ्रीनटथ्री राइफल र त्यसमा प्रयोग गरिने एक सयभन्दा बढि गोली वराम्मद गरेको प्रहरीले जनाएको छ । फरार रहेकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपि अचार्यले बताउनुभयो ।