पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले, एउटै बाइकमा ७६ हजार नाफा


sawari-sadhan-ma-brahmalut-part-3-nepalaaja-01मोटरसाइकल, गाडीलगायतका महंगा बस्तु किन्दा ग्राहक नराम्रोसँग ठगिने गरेको तथ्य नेपाल आजले गरेको खोजमा पाइएको छ । यसअघि यमाहा कम्पनीका मोटरसाइकलमा कसरी सत प्रतिसत ठगी भइरहेको छ भन्ने तथ्यसहितको सामाग्री नेपालआजमा प्रकासित भइसकेको छ । यमाहाजस्तै बजाज ब्रान्डका मोटरसाईकल विक्रेता कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लिले कालो बजारी गरिरहेको तथ्य नेपालआजलाई प्राप्त भएको छ ।

गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको भेटिएको छ । नेपाल आजलाई प्राप्त खरिद मूल्य, भन्सार मूल्य र बिक्रि मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले बाइक बिक्री गरिरहेको छ ।

discover-125-drum-nepalaaja


डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिसत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ ।

नेपाल आज लाई प्राप्त भएको गोप्य विवरण आनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिसत नाफा खाने गरेको छ ।

pulsar-rs-200-nepalaaja


पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्यमोटरसाईकलमा २० प्रतिसत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्र मा उल्लेखित मुल्यमा भन्सार महसुल जोड्दा कर सहित को मूल्य हुन्छ । बिक्रि मूल्य बाट कर सहित को मूल्य घटाउदा कम्पनि को नाफा निस्किन्छ । मोटरसाईकलमा नेपाल सरकार ले १०३ प्रतिसत भन्सार महसुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिसत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।

bajaj-price-list-nepalaaja


‘यस्तो प्रतिष्प्रर्धा छ कसरी त्यत्रो नाफा लिन पाइन्छ र ? नाफा भनेको पाँच सात प्रतिसत मात्रै हो ।’ कम्पनीका अध्यक्ष शेखर गोल्छाले दाबी गरे । उनले नेपाल आजको हिसाव गराइ नमिलेको जिकिर गरे । तर, चार्टर एकाउन्टेन्टसमेत रहेका हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लि का उपाध्यक्ष अमित अग्रवालसँग नेपाल आजले सम्पर्क गरेको थियो । उनले सो विषयमा आफुलाई कुनै जानकारी नहुने र टिमसँग सल्लाह नगरी आफुले केही बताउन नसक्ने जनाए ।

आफ्नो शो रूम तथा विभिन्न डिलर बाट हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लि ले बार्षिक करिब ५५ हजारमोटरसाईकल बिक्रि गर्ने गरेको सरकारी तथ्यांकले देखाउँछ । नेपाल आजले विविन्न डिलरसँग गरेको सर्बेक्षणअनुसार डिलर ले एउटा मोटरसाईकल मा करिब ५ प्रतिसत कमिसन पाउँछन् । यही ५ प्रतिसत कमिसन बाट आफ्नो नाफा, प्रशासनिक खर्च, आदि धान्नु पर्ने गुनासो बजाज डिलरवालाको छ । उनीहरुले मोटरसाईकल आफ्नो शो रूम मा झार्न भने बैंक ग्यारेन्टी गर्नु पर्ने हुन्छ । हैसियत आनुसार उनीहरुले मोटरसाईकल बिक्रि गर्ने कोटा पाउने गर्दछन् । कम्पनीले धेरै प्रतिसत नाफा ग्राहकबाट लिने गरेको तर त्यसको थोरै हिस्सा मात्रै आफूहरुलाई दिने गरेको डिलरवालाको दुखेसो छ ।

एक डिलर संचालकका अनुसार मोटरसाइकलबाट प्राप्त हुने नाफाकोे ५ प्रतिसत बजार व्यवस्थापन र प्रशासनिक खर्चका लागि छुट्टाउनु पर्दछ । सरकारी कर्मचारी, राजनीतिक दल र गुण्डाको सेटिङमा ठूलो रकम खर्च हुने उनले जनाए, ‘माथि कम्पनीले डिलरको नाफा २० प्रतिसत भनेर हिसाव देखाउँछ । हामीलाई बढीमा सात प्रतिसत मात्रै दिन्छ । हाम्रो नाममा कम्पनीले मालामाल गर्छ । हामी तल ठोक्किदा ठोक्किदै हैरान हुन्छौँ ।’
कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख गरेको छ ।

सो ऐनको दफा ३ मा लेखिएको छ – ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

ऐनले डिलर, एजेन्ट आदिलाई मुनासिब कमिसन दिन रोकको छैन । तर, यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुमा न्यूनतम ६० प्रतिशत नाफा राख्नै पर्ने हुन्छ । ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर पनि केही व्यापारीले मूल्य तोक्ने गरेको पाइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’

साभारः नेपालआज अनलाइन