सिन्धुली पुगेका उपराष्ट्रपति पुनको स्वास्थ्यमा समस्या, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


१२ माघ, काठमाडौं । एक कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका उपराष्ट्रपति नन्द बहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि आकस्मिक रुपमा हेलिकप्टरमा काठमाडौ ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ । उपराष्ट्रपति पुन तामाङ समुदायको एक कार्यक्रमको उद्घाटन गर्न स्थलमार्ग भएर विहान ११ बजेतिर सिन्धुली पुगेका थिए । पछिल्ला केही दिनदेखि अस्वस्थ रहेका पुन बनेपा बर्दिबासको बाटो गएका थिए । बाटो घुम्मी भएकाले उनको स्वास्थ्यमा समस्या देखियो ।
सिन्धुली पुगेर स्थानीय चिकित्सकलार्इ समेत देखाएइको थियो । उनले कार्यक्रमको उद्घाटन पनि गरे । तर, मुटुको मुटुको चाल बढेपछि सेनाको हेलिकप्टरमा बोलाएर राजधानी ल्याइएको उपराष्ट्रपतिको स्वकीय सचिव सुक बहादुर रोकाले अनलाइनखबरलार्इ जानकारी दिए । उनले भने, अहिले स्वास्थ्यमा निकै सुधार भएको छ । तर, चिकित्सकहरूले एक दिन राख्नु भनेकाले आज यहि बस्नुहुन्छ ।’ उनका अनुसार सुरूमा पुनलार्इ आकस्मिक कक्षमा राखेर अक्सिजन समेत दिइएको थियो । अहिले भने भीआइपी कक्षमा राखिएको छ ।
साभारः अनलाइन खबर