थापालाई उत्कृष्ट सभापति पदक


thapa(1)नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेत शाखाका सभापति कर्णबहादुर थापा ‘उत्कृष्ट सभापति पदक २०७३’ बाट सम्मानित भएका छन् । स्थाका उद्देश्य अनुरुप काम गरेको भन्दै ७१ जिल्लाका सभापति मध्ये थापा ‘दुर्गाबहादुर श्रेष्ठ उत्कृष्ट शाखा पदक’ बाट सम्मानित भएका हुन् । यस भन्दा पहिले सुर्खेत शाखाले ४२ वटा शाखा मध्ये ‘उत्कृष्ट शाखा पदक २०७२’ समेत पाएको बताइएको छ । भदौ ३१ गते काठमाडौंमा सम्पन्न भएको संस्था ३४ औं वार्षिक साधारण सभाबाट थापालाई सम्मान गरिएको थियो ।

साभारः कांक्रेविहार दैनिक