कपासे नजिक बस दुर्घटना ३६ जना घाइते


aaa२७ सावन सुर्खेत । आज विहान करिव ११ बजे सुर्खेतको कपासे नजिक बस दुर्घटना भएको छ । मध्यपश्चिम यातायातको ना २ ख ५५६९ नम्बरको बस कपासे नजिक मोडमा दुर्घटना भएको ट्राफिक प्रहरी निरिक्षक हर्क बहादुर रावलले जानकारी दिनुभयो ।

बस सुर्खेत जिल्लाको फिनिकाँडा बाट वीरेन्द्रनगर तर्फ आइरहेको बताइएको छ । बसमा करिव ४० जना यात्रु सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित ३६ जना घाइते भएको निरिक्षक रावलले बताउनुभयो ।

घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको मप क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । बाँकी घाइतेहरुको स्थानीय माया तथा देउती नर्सिङ्ग होम उपचार भैरहेको र चालकको पनि प्रहरि नियन्त्रणमा उपचार भैरहेको निरिक्षक रावलले बताउनु भयो ।