वीरेन्द्रनगरका स्थानीयलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउन रक्तदाता समाजको माग


१७ असार, सुर्खेत । “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तब्य हो भने निशुल्क रगत पाउनु पीडितपक्ष (विरामी) को नैसर्गिक अधिकार हो ।” नारा लिएर रक्तदान गर्न र गराउन लागि परेको नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतले आज वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)लाई एक ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा आफ्ना पालिका भित्रका नागरिकलाई मात्र भएपनि रगत र रक्ततत्वलाई सर्वसुलभ एवं निःशुल्क उपलब्ध माग गरेको छ । राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरुलाई निःशुल्क उपलब्ध/ वितरण गराउने, गर्ने नीति लिएता पनि हालसम्म परिक्षण शुल्कको रुपमा आवश्यक भन्दा बढी रकम असूली रहेको विद्यमान स्थितिले विपन्न वर्गका विरामीहरुलाई ठूलो आर्थिक भार पर्दै आएको छ । यस समाजले त्यस्तो स्थितिलाई न्यूनीकरण गर्न विभिन्न जिल्लाका स्थानीय सरकार एवं स्थानीय नागरिक वीच समन्वय गर्दै निःशुल्क रगत वितरण कार्यको पनि थालनी गरि सेवा प्रवाह गरिरहेको वर्तमान अवस्था जानकारी गराउँदछौ । यद्यपी राज्यले पूर्ण दायित्व लिनुपर्ने यस क्षेत्रमा हाल आएर हामी स्वयंसेवी रक्तदाताहरुको मागलाई आम्सिकरुपमा भएपनि केही प्रदेश सरकार तथा स्थानीय सरकारले सम्बोधन गर्न थालिएको अवस्था छ ।

संघीय सरकारले एकरुपताका साथ देशभर गुणस्तरीय रगत र रक्त तत्वहरुको निःशुल्क वितरण गर्न/गराउन आवश्यक निर्देशन दिन विलम्ब गर्नु शोभनिय कार्य देखिन्न । तर हामी बाध्य र विवश छौ तीनैतहका सरकारलाई रगत र रक्त तत्व निःशुल्क गर्नुपर्छ भनेर । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा नै रहेको सुविधा सम्पन्न प्रदेश अस्पतालमा दिनप्रतिदिन विरामीको संख्या बढ्दै गईरहेका अवस्थामा रगत र रक्त तत्वको पनि माग अत्याधिक भैरहेको अवस्था छ । यस्तो अवस्थामा हामी राजधानीको स्थानीय सरकारसँग आफ्ना नागरिककालागि मात्र भएपनि निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइदिनकालागि हामी जोडदार माग गर्दछौं । उल्लेख गरिएका समाजका जिल्ला अध्यक्ष अशोक कुमार सिंहले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख ढकालले यसबारे चाँडै नै कार्यपालिकामा छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । त्यस्तै समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले नगरप्रमुख ढकाललाई समाजको बार्षिक मुखपत्र “हाम्रो रगत” पत्रिका र “नयाँ भित्ते पात्रो” हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा समाजका जिल्ला सचिव पुनम विसी, कोषाध्यक्ष विकास गिरी तथा सदस्यहरु सन्तोष योगी र मालती विकको उपस्थिति रहेको थियो ।