काठमाण्डौंमा १२०पिन्ट रगत संकलन


१५ असार, काठमाडौं/ सिन्धुपालाञ्चोक लिसंखुपाखरमा रहेको सेतीदेवी खाँडादेवी युवा क्लबले पहिलोपटक रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले क्लबका अध्यक्ष सुबाष रसइलीलाई रक्त संकलन थैली हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

५५ पिन्ट रगत संकलन गरिएको कार्यक्रममा चाैहान समाजका अध्यक्ष बिष्णु चाैहान, नागेश्वोरी टोल सुधार समितिका अध्यक्ष लाक्पा पुर्ब शेर्पा, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, सदस्य रबीन्द्र दर्नाल, कमल दर्नाल र प्रकाश रसाइली लगाएको उपस्थिति रहेको थियो ।

त्यस्तै राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतामा काभ्रेस्थलीम स्वास्थ्य चाैकीमा विशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । विशेष अतिथिद्वय: राधाकृष्ण खड्गी र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य, त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल इलेक्ट्रिसिएन संघका अध्यक्ष दामोदर प्याकुरेल,वडा सदस्य किशाेर भण्डारी,चाैकी प्रमुख बिजयकुमार देव, तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल,वडा नम्बर २ का सचिव सबिना शर्मा र वडा नम्बर २ का सदस्य गीता जैरूको सहभागिता रहेको थियो ।

साे विशेष कार्यक्रममा प्रमुख अतिथिद्वारा कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयालकाे सभापतित्वमा सञ्चालित कार्यक्रमको सहजीकरण समाजका  सचिव अनिल भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा जम्मा ६५ जनाले रक्तदान गर्नु भएको थियो ।