बृक्षारोपणले सकारात्मक सन्देश दिनुपर्नेः मुख्यमन्त्री कँडेल (भिडियोसहित)


१४ असार, सुर्खेत । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा “स्वच्छ सफा हरियाली शहरः कर्णालीको मानक वीरेन्द्रनगर ” भन्ने मूलनाराका साथ डिभिजन वन कार्यालय सुर्खेतले प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१ अन्तर्गतको बृहत बृक्षारोपण सप्ताह कार्यक्रम शुरु गरेको छ । आजदेखि शुरु भएको कार्यक्रम २० गते सम्म चल्ने छ ।

वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनादेखि शुरु हुने चारलेनको सडको वीचमा बृक्षारोपण रोपण गरि शुरुवात गरिएको र यो कार्यक्रम बाङ्गेसिमल सम्मको ८ किलोमिटरमा गरिने कार्यालयले जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विरुवा रोप्ने रोपिए पछिका व्यवस्था बदल्नुपर्छ । सुब्बाकुना देखि बाङ्गेसिमल सम्म गरिने बृक्षारोपणले सकारात्मक सन्देश दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वन डिभिजन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठले बृक्षारोपण देखि विरुवालाई हुर्काउने, संरक्षण गर्ने काम कार्यालयको जिम्मा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत तथा वन संग सम्वन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।