मानव निर्मित गतिविधीका कारण जलवायू परिवर्तनः मन्त्री रावत


१२ असार, सुर्खेत । जलवायू परिवर्तन अनुकुलन तथा राष्ट्रिय निर्धारित योगदान NDC सम्वन्धी कार्यशाला गोष्ठी आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

गोष्ठीको शुभारम्भ गर्दे कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटर, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले मानवले आफू बाचेर अरुलाई बचाउने जिम्मेवारी छ तर मानव निर्मित गतिविधीका कारण अहिले जलवायू परिवर्तनको समस्या भोगि रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो किसिमको परिवर्तनलाई न्यूनीकरण गर्नकालागि तीनैतहका सरकार लागि पर्नुपर्छ । डोजरे विकासका कारणले पनि अहिले धेरै बाढी पहिरो गइरहेको हो ।”

मन्त्री रावतले वातावरण अनुकुलनकालागि व्यक्ति व्यक्तिको व्यवहारमा परिवर्तन हुनुपर्ने बताउँदै गोष्ठी सेमिनारले यस्ता समस्या परिवर्तन नहुने जिकिर गर्नुभयो । उहाँले त्यसकालागि नागरिकहरुको पक्ष कर्णाली प्रदेश सरकार नीति तथा कार्यक्रम बनाउन तत्पर रहेको जानकारी दिनुभयो ।