३३ केभिए प्रसारण लाइनकाे विवाद टुङ्गियो


९ असार, सुर्खेत ।  मुख्यमन्त्रीकाे राेहवरमा टुंगियाे चिसापानी – वीरेन्द्रननगर , आजैदेखि काम शुरू सुर्खेत :

स्थानीयकाे अवराेधकाे कारण अवरू्द्ध भएकाे चिसापानी – बावियाचाैर- बड्डीचाैर वीरेन्द्रनगर ३३ kVA प्रसारण लाइनकाे पुुनः का सुचारू भएकाेछ ।

वराहताल गाउँपालिका वाड नं ५ का स्थानीयले विभिन्न माग राखेर अवराेध गरेकाे साे प्रसारण लाइनकाे काम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलकाे राेहवरमा सराेकारवाला र विधुत प्राधिकरणबीच ६ बुँदे सहमति भएपछि आजदेखि काम सुचारू भएकाे हाे । कैलालीकाे चिसापानीबाट सुर्खेतकाे बावियाचाैर -बड्डडिचौर हुँदै वीरेन्द्रनगरसम्म आउने साे प्रसारण लाइन निर्माणले आफुुहरू मर्कामा पर्ने भन्दै स्थानीयले विधुतकाे पाेलसमेत उखेलेका थिए ।

सराेकारवालाहरूसंगकाे सहमति अनुसार विधुत प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तिमा कालाे तार लगाउने, ३ फेजकाे लाइन उपलब्ध गराउने, स्थानीयकाे कम क्षतिमा विधुत पाेल विस्तार गर्ने लगायत छन् । कार्यक्रममा मुुुख्यमन्त्री कंडेलले प्रसारणलाइनकाे विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिनुभयाे ।

स्थानीय सराेकारवालाहरूकाे माग सम्बोधनमा आफनाे पनि खवरदारी रहने उहाँकाे भनाई थियाे । उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेेन्द्रनगरसहित यस क्षेत्रमा देखिएकाे बिद्युतको समस्या समाधानमा यसले महत्वपूर्ण याेगदान गर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा सहजीकरण समितिकाे तर्फवाट स्धिमराज जोल्मीले आफूहरू विकास विराेधि नभएकाे तर नागरिककाे ज्यान जाेखिममा परेपछि बाध्य भएर प्रसारणलाई अवराेध गरेपनि अब समस्या समाधान हुने बताउनुभयाे ।

प्रदेशसभा सदस्य एवम पूर्व मन्त्री विन्दमान विष्टले वीरेनद्रनगरलाई पश्चिमवाट विजुलि पठाउन पाउनु त्यस क्षेत्रका जनतालाई गाैरबकाे कुरा भएकाे बताउनुभयाे । जिसस प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बराहताल गाँउपालिका अध्यक्ष भिमबहादुर भण्डारी लगायतकाे उपस्थिति थियाे ।