सञ्चारकर्मी पवन जायसवालद्वारा ९९ औं पटक रक्तदान


 

४ चैत्र, नेपालगन्ज (बाँके) । सञ्चारकर्मी पवन जायसवालले आज आइतवारका ९९ औं पटक रक्तदान गर्नुभएको छ छन् ।
बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा रहेका सञ्चारकर्मी पवन जायसवालले चैत्र ४ गते आइतवार ९९ औं पटक रक्तदान गर्नुभएको हो

जायसवाल बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँ निवासी नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिका सल्लाहकार, तथा सञ्चारकर्मी हिमालिनी अनालाईन, मध्यान्ह राष्ट्रिय दैनिक, लोकलय मासिक म्याग्जिन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा सम्वाददाताको रुपमा रहनुभएको छ ।

पवन जायसवालले २०४६ साल असोज ४ गते बुधवारका दिन नेपालगन्ज जेसीजले गरेको रक्तदान कार्यक्रमको आयोजनामा पहिलो पटक रक्तदान गरेर शुरुवात गर्नुभएको थियो ।