काठमाण्डौंमा चाडपर्व लक्षित आकस्मिक रक्तदान कार्यक्रम


२४ कार्तिक, काठमाडौं । चाडवाडलाई लक्षित गर्दै आज काठमाण्डौंमा रक्तदान कार्यक्रम गरिएको छ ।

“रक्तदान नियमित काम”  भन्ने मूल नाराकासाथ नेपाल शेयरहाेल्डर अलायन्सद्वारा तिहार, नेपाल संवत् ११४४ नयाँ वर्ष र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै “आकस्मिक रक्तदान” कार्यक्रमकाे गरिएको हो ।

झीगु इच्छुमती खल: , बागबजार, काठमाडौं महानगरपालिका वडा नं. २८ मा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक र रक्तदाता सम्राट नेपालका सर्वाधिक (१७६औं पटक) रक्तदान गरिसक्नु भएका स्वयंसेवी सतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।

नेपाल शेयरहाेल्डर्स अलायन्सका का.वा. अध्यक्ष  लवराज जाेशीले सभापतित्व गर्नुभएकाे उक्त कार्यक्रमकाे सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रमकाे पूर्ण संयाेजन संस्थाका काेषाध्यक्ष देबेन्द्र राईले गर्नुभएको थियाे ।