रसुवामा १०५ पिन्ट रगत संकलन


२६ असोज, रसुवा । हिमाली जिल्ला रसुवा एक रमणीय पर्यटकीय स्थान मात्र नभइ मानवीय सेवा भावनाले भरिपूर्ण मानव बस्तीकाे रूपमा आफूलाई चरितार्थ गर्न सफल जिल्ला रहेकाे विगतकाे रक्तदान कार्यक्रमले समेत अवगत गराइ सकेकाे अनुभुती हामी माँझ ताजै छ । आज फेरि त्यही अवस्थालाई पुनराबृति गर्न “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व/कर्तव्य हाे भने पीडित(बिरामी)हरूले नि:शुल्क रगत पाउनु नैसर्गिक अधिकार हाे” मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा र एस.एल.सी. ५६ ब्याजकाे संयुक्त आयाेजनामा एक बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक/रक्तदाता सम्राट् स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटालाई ब्लड ब्याग हस्तान्तरण कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा उपाध्यक्ष मिरा तामाङ लगाएतको सहभागिता रहेको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका सचिब हेमनाथ खतिवडाले सहजीकरण गर्नुभएको कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष प्रमिला लामा र एस.एल.सी. ५६ व्याजका अध्यक्ष हरि देवकोटाले संयुक्तरूपमा गर्नु भएको थियोे ।

कार्यक्रममा महिला २२ र पुरूष ८३ गरि जम्मा  १०५ जनाले रक्तदान गर्नुभएको थियो ।