ललितपूरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न


२ असोज, ललितपुर । “रगतकाे बिकल्प रगत” मूल मर्मलाई आत्मसात् गर्दै हाल भईरहेकाे रगतकाे माग र आपूर्तिमा मेल हुन नसकि उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरूकाे जीवन रक्षार्थ रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाले आज एक आकस्मिक रक्तदान कार्यक्रम आयाेजना गरेको छ ।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्””राष्ट्रिय रक्त नायक”स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाताहरुलाई डोनर व्याज वितरण गर्नुभएको थियो । ३३ जनाले रक्तदान गर्नुभएको कार्यक्रमको संयोजक दशबहादुर महर्जन र दिपेन्द्र महर्जन हुनुहुन्थ्यो भने समाजका जिल्ला अध्यक्ष नवीन महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।