स्वास्थ्यकर्मीहरुले रक्तदान गरे


११ भाद्र, सुर्खेत । कर्णाली प्रदेशमा विरामीहरुकालागि रगतको माग अत्याधिक हुँदैजाँदा आज प्रदेश अस्पताल सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको दोश्रो स्थापना दिवसको अवसरमा संगठनमा आबद्ध रहेका स्वास्थ्यकर्मीहरुले रक्तदान गर्नुभएको संगठनका जिल्ला अध्यक्ष तारा रिजालले जानकारी दिनुभयो ।

संगठनका केन्द्रिय सदस्य रविन्द्रकुमार सिंह एवं अशोककुमार सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा १ महिला र ३४ जना पुरुष गरि ३५ जनाले रक्तदान गर्नुभएको थियो ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश र प्रगतिशिल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेशको संयूक्तरुप आयोजना गरिएको थियो ।