रगत र रक्ततत्व निःशुल्क हुनुपर्छः सतक रक्तदाता कर्माचार्य


६ साउन, ललितपुर । रगत र रक्ततत्व सरकारले निशुल्क गर्नुपर्छ भन्ने अभियान चलाएको नेपाल स्वयंसेवी रक्तदाता समाजले विभिन्न जिल्ला तथा जिल्लाका नगर तथा वडाहरुमा शाखा गठन गर्दै आउने क्रममा ललितपूरको महालक्ष्मी नगर समिति अन्तरगत ४ नं. वडा समिति गठन गरेको छ ।

समाजका केन्द्रिय अध्यक्ष एवं नेपालका किर्तिमानी स्वयंसेवी रक्तदाता  साथै हालैमात्र “रक्तदाता सम्राट्”बाट बिभुषित  अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा समाजको ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत ४ नम्बर वडा समिति गठन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै  समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले मानिसको जीवनको महत्वपूर्ण चिज रगतमा पनि राजनिती भैरहेको भन्दै रगत र रक्ततत्वमा लगाइएको शुल्कलाई सरकारले निःशुल्क बनाउनु पर्ने बताउनुभयो । साथै उहाँ प्रत्येक यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै महानकार्य रक्तदानमा सरिक हुन आग्रह गर्नुभयो ।

यस्तै भेलाले अध्यक्षमा सुदन ताम्राकार, उपाध्यक्षमा कृष्ण राय, सचिवमा सुरेन्द्र खत्री, काेषाध्यक्षमा काेपिलचन्द्र महर्जन र सदस्यहरूमा क्रमशः रञ्जन थापामगर, कल्पना श्रेष्ठ, सक्षम खड्का र अंशु अर्याल रहनुभएकाे छ भने सल्लाहकारहरूमा पुष्पराज खत्री, रिसा श्रेष्ठ, अञ्जन सिंह बस्नेत, उमेश श्रेष्ठ, दामु राेक्का, प्रल्हाद सँग्राैला र प्रेमप्रसाद शर्मालाई चयन गरेको छ ।