स्वर्गिय डा.सन्जुको ४५ औं दिनको पुण्यतिथिको अबसरमा निशुल्क स्वास्थ्य परिक्षण


३०,असार सुर्खेत । सुन्दर कर्णाली सस्थाका संस्थापक अध्यक्ष स्वर्गिय डा. सन्जु खड्काको ४५ औं  पुण्यतिथिको अबसरमा शनिवार (आज) वीरेन्द्रनगरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

डा.सन्जु खड्का चिकित्सक हुदा पनि सामाजसेवालाई पहिलो प्रथामिकतामा राखेको हुदा उहांको ४५ औं पुण्यतिथिको अबसरमा महिला दिदिबहिनीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेर उहाँको समाजसेवा गर्ने सपनालाई साकार पार्न खोजिएको हुदा वीरेन्द्रनगर नगरपालिका वडा नः४ स्थीत कृष्ण टोलमा शिविर संचालन गरिएको उहाँका जीवन साथि एवं प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा.डम्बर खड्काले बताउनु भयो ।

शिविरमा महिलाहरुमा देखा पर्ने पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर संचालन भएको स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले बताउनु भयो।

कार्यक्रम सुन्दर कर्णाली सस्थाले आयोजना गरेको हो भने डा.सञ्जु संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

आज गरिएको निशुल्क स्वास्थ्य परिक्षणमा ११८ जना महिला दिदिबहिनीहरुले सेवा लिनु भ्एको थियो । परिक्षण गरिएका मध्ये १३ जनामा पोजेटिभ केश देखिको छ भने १७ जनालाई रिफर गरिएको शिविरमा सहभागि प्रदेश अस्पतालमा कार्यरत नर्सिङ प्रमुख सकुन्तला सापकोटाले जानकारी दिउनु भयो ।