म जनताको कामदार हुँः मुख्यमन्त्री शर्मा


१५ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आफू कामदार भएको बताउनुभएको छ ।

मुख्यमन्त्री शर्माले प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा सेन्टर कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो “मलाई काम दिनुस म सहि तरिकाले गर्छु । म मुख्यमन्त्री भएपनि कामदार हुँ । आशा छ कर्णालीका जनताले मलाई सुझाव सल्लाह सहित काम गर्नदिनुहुनेछ ।”

मुख्यमन्त्री शर्माले सञ्चार क्षेत्रमा मेरो भविष्य छ भनेर भविष्य देख्ने एउटा योजनाको आवश्यकता रहेको औल्याउनुभयो । आम प्रतिष्ठानलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर म अगाडि बढेको छु । मुख्यमन्त्री शर्माले भन्नुभयो । देश संघीयतामा गैसकेतापनि प्रशासनिक सङ्घीयता अत्यधिक कमजोर अवस्थामा रहेको छ, यस विषयमा हामी छलफल र बहसलाई अगाडि बढाउने छौँ ।

जनताका अवस्था अझै पनि परिवर्तन भएका छैनन् त्यसैले त्यसतर्फ सञ्चारजगतले समस्या खोतली समाधानका बाटाहरु पनि दिनुपर्ने मुख्यमन्त्री शर्माले भन्नुभयो ।