पत्रकार महासंघको केन्द्रिय साधारणसभाको तयारी तिब्र


५ षौष, सुर्खेत । यही पौष ८ र ९ गते कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि तयारी तिब्रगतिमा भइरहेको छ ।

साधारण सभाकालागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तिव्र गतिमा भइरहेको महासंघले आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबाट सहभागि हुने करिब ६ सय पत्रकारहरुकालागि वीरेन्द्रनगरका २२ वटा होटेलहरुको व्यवस्थापन गरिएको बताउनुभयो । त्यस्तै पहिलो पटक सुर्खेतमा हुने लागेको केन्द्रिय साधारण सभा सफल गराउनकालागि कुनै कसर बाँकी नराखिने आतिथ्यता गरेको शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले बताउनुभयो ।

महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ बर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधार सभा हुन् लागेको बताउँदै साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो “साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ भने केन्द्रीय सरकार समक्ष पनि हामीले बजेटको माग गरेकाछौ ।”

महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी तिव्र गतिमा भइरहेका बताउँदै कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धीत सम्पुर्ण शाखाहरुबाट प्रतिनिधिहरु सहभागी हुने जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथीमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनुहुने बताइएको छ भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखहरुलाई अतिथीको रुपमा सहभागिता रहने महासंघले जनाएको छ ।

वीरेन्द्रनगरमा नवनिर्मित सिटीहलमा हुने साधारणसभा हुने छ भने महासंघले ८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु गरि ९ बजे उद्घाटन कार्यक्रम राखेकोको छ ।