आरोपित मन्त्री बारे कर्णाली सरकारको धारणा सार्वजनिक (भिडियोसहित)


१३ भाद्र, सुर्खेत । बलात्कारका आरोप लागेका कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका बारेमा आज कर्णाली प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले आज सरकारको धारणा सार्वजनिक गर्नुभएको हो । मन्त्री नेपालीले पिडीत पक्षबाट सम्वन्धित निकाय कुनै किसिमको मुद्दा दर्ता नभएको बताउनुभयो । मन्त्री नेपालीले भन्नुभयो “सञ्चारमाध्यम आएका कुराहरु अहिले सम्म सरकार संग लिखित नआएको र मिडियामा आएका कुरा अनुसार सरकारले कदम चाल्न मिल्दैन, सत्यतथ्य प्रमाण सहित आएमा सरकारले आफ्नो कदम चाल्ने छ ।”

जतीपनि कुरा आएका छन् केवल मिडियामा मात्र आएको छ । न्यायकालागि पिडीत पक्षले सम्वन्धित ठाँउमा जान जरुरी रहेको मन्त्री नेपालीको भनाई थियो ।