अर्धनारेश्वरको मुर्ति महाशिवरात्री देखि दर्शनकालागि खुला गरिने तयारी (भिडियोसहित)


२३ फागुन, सुर्खेत । यसबर्षको महाशिव रात्री पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको लाटीकोइलीमा अवस्थित ऐतिहासिक शिव मन्दिरमा सरसफाई गरिएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको एक समूहले आज शिव मन्दिर परिसर सरसफाई गरेको हो ।

लाटीकोइली स्थित शिव मन्दिरमा शिवरात्रीको दिनमा श्रद्धालु भक्तजनहरु अत्याधिक मात्रामा आउने गर्दछन् । कोरोनाका कारण सुनसान मठमन्दिरहरु यतिवेला पुन भक्तजनहरुले भरिन थालेका छन् ।

मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरको स्थापना भएको हो । यस बर्षको बिजया दशमीको शुरुको दिन अर्थात् कात्तिक १ गते घटस्थापनाको अवसर पारी एउटै ढुंङ्गामा निर्मित नेपाल कै पहिलो ५१ फिट अग्लो अर्धनारेश्वरको शिवपार्वती मुर्ती पनि दर्शन गर्नकालागि खुला गर्ने तयारीमा वडा कार्यालय लागिपरेको वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामी त्यही तयारीकालागि अहिले मुर्तीमा रंगरोगनको काममा लागि रहेकाछौं ।”

आधा शिव र आधा पार्वतीको २१ फिटको मुर्ति र ३० फिट अग्लो स्थान मुर्ति राख्ने ठाँउ गरि ५१ फिटमा राखिएको छ ।