सिष्टम नचल्दा यातायात व्यावसायीलाई सास्ती


यातायात व्यवस्था कार्यालय सुर्खेतमा सेवाग्राही

५ असोज, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को महामारीलाई रोकथाम गर्नकालागि सरकारले देशलाई लकडाउन गरे संगै घरायसी भएको यातायात क्षेत्र यतिवेला यातायात संचालन गर्न खुले पनि व्लुबुक जस्ता कागजपत्र नविकरण गर्दा यातायात कार्यालयको सिष्टम राम्रो नचल्दा यातायात व्यावसायीले सास्ती खेप्नु परेको छ ।

यसैवीच यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले आज एक सूचना जारी गर्दै सिष्टम नचलेका कारणले इ-विलिङ्ग (रसिद काट्ने) को काम नहुने भएको जनाएको छ ।

यता चैत्र देखि लकडाउनमा परेका बस ब्यबसायीहरुले असोज १ गतेबाट  बस सन्चालन गर्ने निर्णय अनुसार रुट प्रमिट, कर जाँचपासहरु  नविकरण गर्न जाँदा कार्यालयको सिष्टम नचल्दा झनै गाह्रो भएको एक यातायात व्यवसायीले गुनासो पोख्नुभयो ।