वीरेन्द्रनगरमा निषेधाज्ञा समय बढ्यो


कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि वीरेन्द्रनगरमा जारी निषेधाज्ञाको समय थप भएको छ ।

यही भाद्र ५ गते सम्म गरिएको निषेधाज्ञाको समयलाई यही भाद्र ९ गते राती १२ बजे सम्मलाई कायम गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा  स्वास्थ्य सुरक्षा विद्युत दरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।