धान दिवसको अवसरमा मन्त्री केसीको शुभकामना सन्देश


कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री माननीय विमला केसीले १७ औ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

मन्त्री केसीले शुभकामना सन्देशमा १७औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७७ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई कर्णालीमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन यस अवसरमा कर्णालीवासी आम नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा हार्दीक शुभकामना व्यक्त गर्दछु ।

किसानका लागी यो समय भनेको मानो रोपेर मुरी फलाउने समय भएकोले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही, सामाजिक दुरी कायम गर्दै धान दिवस तथा रोपाई महोत्सवमा सहभागी हुन,नेपाल सरकारको निर्णय बमोजिम बढिमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने, यदि २५ जना भन्दा बढि भएमा न्युनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरि स –साना उपसमुहमा रहेर रोपाइ महोत्सव मनाउन अपिल गर्दछु ।

कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना भएकोले कृषि सम्बन्धी सम्पुर्ण गतिविधिहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे अनुसार राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवसलाई राष्ट्रिय रुपमा मनाउन थालिएको हो । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘धान उत्पादनमा बृद्धि–आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा सत्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७७ मनाइँदैछ । यही अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि कर्णाली प्रदेशको भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी धान खेतीका लागि प्रवद्र्धनका प्रयाससमेत भइरहेको छ । कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हाल सम्म १९ हजार २ सय ४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइ सकिएको छ । सबै भन्दा धेरै डोल्पा जिल्लामा २ सय ७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ९७ प्रतिशत अर्थात २ हजार ७ सय १६ हेक्टरमा धान रोपाइ सकिएको छ । अन्तमा रोग र भोक विरुद्ध साझा ढंगले लड्न सक्ने गर्जा पैदा होस, वाँझो जमिन सदुपयोग गरि खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न आह्वान गर्दै १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७७ अवसरमा सम्पुर्ण कर्णालीवासी कृषक दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दीक शुभकामना ब्यक्त गर्दछु ।