अँधेरी गुफा जाने बाटो निर्माणकार्य शुरु


१ असार, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको प्रमुख पर्यटकिय वडा ९ नं. वडामा रहेको अधेँरी गुफा सम्म जानकालागि अब सजिलो हुने भएको छ ।

वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले केहीबर्ष अगाडी फेला परेको अँधेरी गुफा सम्म पुग्नकोलागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आजदेखि सडक ट्रयाक खोल्ने कामको शुभारम्भ गरेको छ ।

सडक निर्माणको काम शुभारम्भ गर्दै ९ नं वडाका अध्यक्ष सुरेश मान्नधरले भन्नुभयो । हाम्रो वडामा केही बर्ष अगाडी फेला परेको अँधेरी गुफामा जान पर्यटकहरुको सहज पहुँच थिएन गुफाको पर्यटन प्रवर्धन गर्नकालागि यो सडकको निर्माणमा आजदेखि लागेका छौं यस्मा सबैले सहयोग म सम्पूर्ण वडाबासीमा अनुरोध गर्दछु ।

“पर्यटन प्रवर्धन गर्नकालागि हामी केही समय अगाडी काँक्रविहार देखि अँधेरी गुफा सम्म दौड प्रति्योगिता पनि सम्पन्न गरेका थियौ त्यतिवेला कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई पनि यो गुफा देखाएका थियौ मन्त्री ज्यूले पनि यस गुफाको पर्यटन प्रवर्धनकालागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।” वडा अध्यक्ष मानन्धरले भन्नुभयो । हामी यो गुफाको बाटोलाई वीरेन्द्रनगरको चक्रपथमा जोड्ने छौ?

कार्यक्रममा नौलो सुधारवाद सामुदायिक वनका किशनबहादुर शाही, वडासदस्य पुरनबहादुर शाही तथा वडासदस्य (दलित) टिका विक तथा समाजसेवीहरुले पर्यटन प्रवर्धनकालागि सबैजनाले एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।