देश कै दोश्रो नमूना क्वारेन्टाइन वीरेन्द्रनगरमा


३२ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण विश्वमा बढ्दै गर्दा नेपालमा दोश्रो संक्रमित देखिने वित्तिकै सरकारले देशलाई २०७६ चैत्र ११ गतेबाट लकडाउनमा राख्यो ।

देशलाई लकडाउन राखे संगै भारतबाट नेपाली नागरिकहरु धमाधम घर फर्किन थाले संगै सरकारलाई क्वारेन्टाइन बनाउनु पर्ने भएसंगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि क्वारेन्टाइन बनाउन पर्नेभयो । वीरेन्द्रनगरमा रेडियो नेपालको जग्गामा क्वारेन्टाइन बनाउने तयारी भयो तर जमिन दलदल भएका कारणले प्रदेश सरकारले खुला मन्चलाई रोज्यो र सम्पूर्ण जिम्मा सेना दिने निर्णय भयो ।

सेनाको सुर्खेतमा रहेको उत्तरपश्चिम पृतनाले क्वारेन्टाइन बनाउने जिम्मा पाए संगै ४०० जना बस्न मिल्ने क्वारेन्टाइन बनायो जुन क्वारेन्टाइन अहिले देश कै दोश्रो नमूना क्वारेन्टाइन भएको छ । सेनाले पूर्ण जिम्मेवारी पाएर बनाएको क्वारेन्टाइन समेत सेनाले नै रेखदेख गर्ने जिम्मेवारी पाएको छ ।

सेनाले निर्माण गरेको क्वारेन्टाइनमा १८/१८वटा शौचालयर स्नान कक्ष रहेको छ । क्वारेन्टाइनमा RDT पोजेटिभ भएकाहरुलाई छुट्टै बस्ने व्यवस्था गरिएकोछ । स्वास्थ्य चेक जाँचकालागि जनस्वास्थ्यबाट ६ र नेपाली सेवाबाट ३ जनाको मेडिकल टिम रहेको छ ।

क्वारेन्टाइमा आपतकालिन अवस्थाकालागि प्रदेश अस्पतालमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । त्यहाँ बस्ने सम्पूर्णको खानाको व्यवस्था प्रदेश सरकारले गरिरहेको छ ।