अलपत्र (घरजाने) यात्रुको सहारा बन्दै -कोपिला भ्याली


 

१६ जेठ, सुर्खेत । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९)को रोकथामकालागि कर्णाली प्रदेश सरकारको निर्णय अनुसार भारतका बिभिन्न स्थानमा लकडाउनमा परेका नेपाली दाजुभाइहरुलाइ सकुसल नेपाल भित्र्याउने सह्रानीय कामको उच्च मुल्याङ्कन गर्दै सरकारको सहयोगीको रुपमा कोपिला भ्याली सेवा समाजले काम शुरु गरेको छ ।

कोपिला भ्याली विषेश गरेर अभिभावक गुमाएका दुखमा परेका अति बिपन्न वालवालिकाको क्षेत्रमा काम गर्ने संस्था रुपम परिचत भएको रहेको छ । नेपाल र भारतका बिभिन्न सिमाहरुमा घरजान नपाएर अलपत्र परेका गाँसबासको ब्यवस्था नभएका अभिभावक र वालवालिकाहरुकालागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासका क्षेत्रहरुमा स्वयंसेवीको रुपमा कोपिला भ्याली सेवा समाज सुर्खेतले खाजा, पानी तथा खानाको समेत व्यवस्था गर्दै आइरहेको कोपिला भ्याली सेवा समाजका संयोजक सक्षम शर्माले जानकारी दिनुभयो ।

परदेशबाट घर तिर फर्क्दैि गर्दा लकडाउनका कारणले समयमा यातायातका साधनहरु सहजरुपमा नपाउने, पसलहरु नखुलेका कारण खानापानीको व्यवस्था नहुने यात्रुहरु भोक तिर्खाले छटपटीरहेको देख्दा कोपिला भ्याली सेवा समाजका अध्यक्ष र ब्लिङ्कनाव फाउन्डेसनका कन्ट्री डाइरेक्टर म्यागी डोयनहरुको साझा प्रयासमा सो कार्यको थालनी भएको कोपिला भ्याली सेवा समाजका सचिव  रमेश मल्लले जानकारी दिनुभयो ।

पुर्व मेची देखी पश्चिम महाकालीका विभिन्न सिमानाहरुबाट कर्णाली प्रदेश भित्रिने हजार देखि १२ सय यात्रुहरुलाइ दैनिक खाना नास्ता र पानीको खुवाउने गरेको र यो लकडाउनको अबधीभरी सेवा गरीरहने र प्रदेश सरकारको सहयोगीको रुपमा सधैभरी रहिरहने कुरा कोपिला भ्याली सेवा समाजका प्रशासन तथा मानव संसाधन व्यवस्थापक लाल बहादुर खड्काले बताउनुभयो  ।