वडा नं.०९ द्वारा बृद्ध/बृद्धा सम्मान कार्यक्रम


तस्वीरःप्रवेशमान मानन्धरको फेसबुकबाट ।

मिलन श्रेष्ठ
७,जेठ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा न.०९ लाटीकोईलीले बुधबार (आज) बृद्ध/बृद्धा सम्मान कार्यक्रम गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं० ९ ले आज कोरोना भाइरस (कोभिड-१९) को महामारको कारणले वडामा रहेका  टोल विकास संस्थाहरु मार्फत ७० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई घर दैलोमा गएर सम्मान कार्यक्रम गरेको हो ।

वडा नं ०९ का वडा अध्यक्ष सुरेश मानन्धरका अनुशार वडा कार्यालयको बार्षिक कार्य निती अनुशार नै आज पनि सम्मानको कार्यक्रय गरिएको हो । उहांले भन्नु भयो,कि हामिले प्रत्यक्ष बर्ष सम्मान कार्यक्रमलाई औपचारिक रुपमा सबै बृद्ध/बृद्धाहरुलाई भेला गराएर गर्ने गरेको भएता पनि यस बर्ष कोरोनाको महामारीले देश लकडाउनमा भएको कारणले गर्दा प्रत्येक को घर दैलोमा नै गएर बितरण गरेको हौं साथै हामी यो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।