स्वास्थ्य मन्त्रालयका ५२ कर्मचारी बर्खास्त


२२ असार, काठमाडौं । अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ ।

मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको हो ।

बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् ।

विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिए ।

मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार कारबाही गरेको हो ।

उक्त व्यवस्थाअनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ।

साभारः अनलाईन खबर ।