लायन्स क्लबहरुको मनकारी काम


पैदल यात्रुहरु खाजा खादै ।

मिलन श्रेष्ठ
बैशाख,१४ सुर्खेत । सुर्खेतस्थित लायन्स क्लबहरुले यात्रुहरुलाई दही–चिउरा सहितको खाजा खुवाएका छन । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले सबै तिर बन्द छ । जसका कारण होटल–पसल नखुलेको हुदा पैदलयात्री र यात्रुहरु भोकभोकै यात्रा गर्न बाध्य भएका छन् । यस्तो बेलामा सुर्खेतका लायन्स क्लबहरुले दहि चिउरा खुवाएका हुन ।

लायन्स क्लबहरुको आयोजन तथा विभिन्न दाताहरुको आर्थिक सहयोगमा खाजा बितरण कार्यक्रमको तेस्रो दिन(आईतबार) आज लायन्स खेमराज ढकालको परिवारले २७३ जना यात्रुहरुलाई खाजा खुवाएको छ । बिगत ५ बर्ष देखि अमेरिकामा बसोवास गर्दे आउनु भएको लायन्स सदस्य खेमराज ढकालका श्रीमती शान्ता ढकालले आजको खाजाको व्यवस्थापन गर्नु भएको हो । श्रीमती ढकालका अनुशार आफ्नो श्रीमानले अमेरिकामा आफुले प्रत्यक्ष रुपमा भोगेको हुदा नेपालमा कष्टकार यात्रा गरिरहनु भएको यात्री र बटुवाहरुलाई पनि सहयोग गर्नु पर्दछ भन्ने भावनाका साथ खाजाको व्यवस्थापन गरेको बताउनु भयो । ढकालको ५ जना परिवार धुलियाबिटमा बसोवास गर्दे आईरहेको छ ।

काठमाडौं लगायतका जिल्लाबाट दैनिक १ हजारभन्दा बढी कर्णालीवासी कर्णालीमा भित्रिने गरेका छन् भने लायन्स क्लबहरुद्धारा खाजा बितरणको आज तेस्रो दिन सम्म ८ सय भन्दा बढीलाई यसरी नै खाजा खुवाएको सकेको छ । कर्णाली प्रदेश सरकारले त्यस्ता यात्रु र बटुवालाई खाना–खाजाको व्यवस्था गर्न सामाजिक संघसंस्थाहरूलाई सार्वजनिक अपिल गरेको थियो । यस्तो विपद्को समयमा सहयोग गर्नु लायन्स क्लबहरुको पनि दायित्व भएकाले खाजा खुवाएको विपद व्यवस्थापन टीम संयोजक एवंम् एमजेएफ लायन किशोर रेग्मीले बताउनु भयो । ‘भोकाको पेट भर्नु लायन्सको दायित्व हो, त्यसमाथि प्रदेश सरकारले पनि अनुरोध गरेको छ,’ रेग्मीले भन्नु भयो , ‘अरू दिनहरुमा पनि गन्तव्यमा पुग्नका लागि यात्रा गरिरहेका बटुवा र यात्रुलाई खाना र पानीको व्यवस्था गर्छौं ।’

कालिकोट जादै गरेको यात्रुहरु थकित अवस्थामा ।

उहांले थप्नु भयो,भोकभोकै आउने गरेका यात्रु तथा बटुवालाई दहीचिउरा सहित विभिन्न खाजाहरु खुवाउन थालेको उहाँको भनाई छ । ‘रेग्मीका अनुसार काठमाडौंलगायतका जिल्लाबाट आएर धुलियाविटमा रोकिएका यात्रुलाई लायन्स क्लबको तर्फबाट दही, चिउरा र पानी खुवाउने गएिको छ । लकडाउन अवधिसम्मका लागि यो कार्यलाई निरन्तरता उहाँको भनाई छ ।