एकैदिन १४ जना कोरोना संक्रमण पुष्टी


५ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल श्रोतले जनाएको छ ।

यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै हाल कुल संक्रमितको संख्या ३० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका १२ जना र चितवनका २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

नयाँ संक्रमित १२ जना त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका बताइएको छ । त्यहाँ १६ जना रहेछन् । तीमध्ये कति नेपाल कति भारतीय भन्ने अझै एकीन नभएको बताइएको छ । ‘स्थानीयहरुले ४ जना नेपाली र १२ जना भारतीय भएको जानकारी दिएका छन् । त्यसैले संक्रमित अधिकांश भारतीय भएको’ हुनसक्ने  मन्त्रालय स्रोतको भनाई छ ।

पोजेटिभ पुष्टी भए लगत्तै संक्रमितहरुलाई अहिले विराटनगर लगिएको छ । अहिले सो एरियालाई सिल गरिएको छ । भोलि विहानैबाट स्थानीय तहमा सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भएको बताइएको छ ।