कालिकोटको गाउँमा यूवाद्वारा माक्स वितरण



बिस्नप्रसाद न्यौपाने
१४ चैत्र, कालिकोट । कालिकोटको नरहरीनाथ गाँउपालिकामा वडा नं. ३ कुमालगाँउमा स्थानिय युवाहरुले घर घरमा पुगेर कोरोना भाईरसको सचेतनाका साथै मास्क बितरण गरेका छन् ।

नरहरीनाथ गाँउपालिका वडा नं. २ निवासी स्थानिय समाजसेवी युवा दिपेन्द्र बुढाले आफ्नो व्यक्तिगत लगानीमा खरिद गरेका ४ हजार मास्क स्थानिय युवाहरुको सहभागीतामा नरहरीनाथ गाँउपालिकाको वडा नंं २ र ३ का घर घरमा पुगेर कोरोना सम्बन्धि सचेतनासँगै मास्क बितरण गर्नुभएको हो ।

नरहरिनाथ सहयोगी सञ्जाल नाम दिएर युवाहरुले विश्वभरी महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) बाट बच्नका लागि सचेतना कार्यक्रमसँगै मास्क वितरण गरेका हुन् । यूवाहरुले गाँउमा पुगेर घर घरमा लकडाउनको पुर्ण पालना गरौँ, साबुन पानीले हात धुने गरौँ, मास्क लगाए मात्र घर बाहिर निस्कियौँ, सामान्य रुगा खोकी लागे पनि स्वास्थ्यकर्मीको सल्लाह लियौँ जस्ता बिषयमा जानकारी दिनुका साथै हरेक व्यक्तिलाई मास्क बितरण गरेको स्थानिय युवा दिपेन्द्र बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गाँउमा सिएमए, अनीम पढेका युवाहरु सहितको सहभागीतामा घर घरमा कोरोना भाईरसको बिषयमा सचेतना जोगाउदै मास्क बितरण गरिएको छ । गाँउपालिकाका बिभिन्न वडामा गरी चार हजार मास्क बितरण गरिएको छ ।

नरहरीथान सहयोगी सञ्जालका संयोजक समेत रहेका समाजसेवी युवा दिपेन्द्र बुढाको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सहितको युवाहरुको एक टोलीले कोराना भाईरसबाट नागरिकहरुलाई जोगिन प्रत्येकको घरघरमा गई सचेतनासँगै यो भाईरसबाट बच्नका लागि गर्नु पर्ने मानविय व्यवहारहरु पनि जानकारी गराएको छ । नरहरीनाथ गाँउपालिका वडा नं. २ र ३ बाट यो अभियान सुरुवात गरिएको हो ।

कर्णाली प्रदेश र कालिकोट जिल्लाकै दुर्गम मानिने नरहरिनाथ गाउँपालिकामा जनचेतनाको कमी, भौगोलिक विकटता र मास्कको चरम अभाव भएको अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत लगानीमा मास्क वितरण गरिएको अभियान्ता बुढाले बताउनुभयो । उहाँले युवा समुहले गाउँपालिकाको वडा नं २ को डाँडाखला टोल र वडा नं ३ को कुमालगाँउ टोलमा मास्क वितरण गरिनुका साथै लालिघाट बजारबासीलाई पनि मास्क बितरण गरिएको बताउनुभयो । गाउँपालिका भरी सचेतना तथा मास्क वितरण गरिने कार्यक्रम भए पनि सिमित स्रोत साधनका कारण अझै मास्क अभाव भएकोले सचेतना जोगाउने हरेक बस्तिमा पुग्ने उहाँको भनाई छ । अन्य कुनै सहयोगी मनहरुले सहयोग गरी पालिकाभरी मास्क पनि बितरण गर्ने उहाँले बताउनुभयो ।