मप विश्वविद्यालयको पठनपाठन १ महिनाकालागि बन्द


संसारलाई नै आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले एक महिनाका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले हिजो बुधबार गरेको निर्णयअनुसार विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरिएको विश्वविद्यालयले जनाएको हो ।

आज (विहीबार) देखि नै लागू हुने गरी चैत मसान्तसम्म सबै क्याम्पसको पठनपाठन बन्द हुने विश्वविद्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

बुधबार मात्रै सरकारको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाबाट सतर्क रहन सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । भने शुरुबाट शुरुहुन लागेको यस बर्षको एसईई परिक्षा पनि पूर्व सन्ध्यामा स्थगित गरेको छ ।