त्रिभुवन विमानस्थलको भन्सारमा सिआइबीको छापा


१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा सिआइवीले छापा मारेको छ । विमानस्थलको कार्गो भवनमा रहेको भन्सारमा सिआइवीले छापा मारेको डिआइजी नवराज सिलवालले जानकारी दिए । डिआइजी सिलवालका अनुसार भन्सारमा केही शंकास्पद गतिविधि भएको भन्ने विषेश सूचनाको आधारमा छापा मारिएको हो । डिआइजी सिलवालले भने, ‘कुनै देशबाट आएको सामानमा शंकास्पद गतिविधि भएको छ भन्ने विषेश सूचना पाएका छौं, के रहेछ अनुसन्धान पछि खुल्ने छ ।’
साभारः अनलाइन खबर