![](https://i0.wp.com/www.thetriratna.com.np/wp-content/uploads/2020/05/monti.gif)
१९ असार, मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगको तारा पानीमा जिल्ला स्वास्थ्य कार्यालय मुगुले बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सदरमुकाम गमगढी देखि करिव २१ कोष टाढा रहेको सो शिविरमा सोरु भेकका सात गाविसलार्इ लछित गरि २ दिने शिविर आयोजना गरिएको थियो ।
असार १५ र १६ गते संचालन गरेको जिमा, रारा, कालै, नाथर्पु, धैन, फोतु र भिर्इ गा। वि। स। का जनताहरुका लागि शिविर संचालन गरिएको थियो । विषेश गरेर महिला वाल वालिका जेष्ठ नागरिक अपाँङ्ग असहाय जस्ता सदरमुकाम लगाएत टाढा गएर उपचार गर्न नसक्नेहरुका लागि संचालन गरिएको थियो ।
शिविरमा करिव ५ सयको हारा हारिमा उपचारका लागि मानिसहरु आएका थिए । आफ्नै घर आँगनमा निशुल्क स्वास्थ्य जाँच र औषधि पाँउदा अधिकाँश मानिसहरु खुसि देखिएका थिए । शिविरमा उपचारका लागि पुरुषको तुलनामा महिला र वाल पालिकाहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।
असार महिनाको कामको चटारोका कारण लक्ष अनुसार मानिसहरुको उपस्थिति अलि कम भएको स्वस्थ्यकर्मीको अनुमान छ । अधिकाँश मानिसहरुमा ग्यास्ट्रिकको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तो शिविर बेला बेला संचालन गरि दिए राम्रो हुने स्थानीयको चाहना रहेको छ ।
साभारः अनलाइन खबर
![](https://i0.wp.com/www.thetriratna.com.np/wp-content/uploads/2024/03/triratna-pm-youtube.jpg)
Prawash Kumar Shakya । १९ असार २०७३, आईतवार ०३:२६ बजे