काँक्रेविहारमा आधुनिक शौचालय निर्माण हुँदै


३ मंसिर, सुर्खेत । आज विश्व शौचालय दिवसको अवसरमा कर्णाली प्रदेशको ऐतिहासिक पर्यटकिय स्थल नेपालको एकमात्र संरक्षित वन “काँक्रेविहार” मा अत्याधुनिक शौचालय निर्माणको आज शिलान्यास गरिएको छ ।

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने उदेश्य अनुरुप वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघ (युएनडिपी) र अन्तरनिर्भर समाज, सुर्खेतको साझेदारी एवं ९ नं. वडा कार्यालयको समन्वयमा शौचालय निर्माण गरिन लागेको बताइएको छ ।

शौचालयको शिलान्यास गर्दै ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटककोलागि शौच गर्न अब सजिलो हुने भएकोले अब अझै बढी पर्यटकको आगमन हुने विश्वाव व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा लाटीकोइलीका स्थानीय तारा राष्कोटीले काँक्रेविहारमा शौचालय निर्माण हुनु स्थानीयबासीको धेरै अगाडीको एउटा सपना पुराभएको बताउनुभयो ।

सामुदायिक संरचना बिकास अन्तरगत २८लाखको लागतमा शौचालय निर्माण हुन लागेको शौचालय वातावरणमैत्री, अपाङ्ग मैत्री, बाल मैत्री हुने अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालय नजिक पनि यस्तै किसिमको शौचालय निर्माणको आजै शिलान्यास गरिएको र दुबै शौचालय यही चैत्र १५ गते भित्र निर्माण सम्पन्न हुने व्यवस्थापक शाहीले जानकारी दिनुभयो ।

शौचालयको नक्सा