“युवा महिला तथा स्वास्थ्यका समस्यामा गम्भिर छौं”: मन्त्री रावल


१२ असार, सुर्खेत । कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेशको सामाजिक विकास मत्रालयमा मन्त्री दल रावल लाई युवा तथा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानमा नीतिनिर्माणका लागि विहिवार ज्ञापन पत्र बुझाएका छन् । नेपाल युवा संस्था संजाल (आयोन) मार्फत युवाहरुले उक्त ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझेपछी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफुहरु विभिन्न संघसंस्थासंग समन्वय गरेर युवा र यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि तत्पर रहेको बताउनु भयो ।

“विभिन्न स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुसंगको सहकार्यमा स्वास्थ्य विधेयकको ड्राफ्ट तयार गरेको र प्रदेशसभामा जान बाँकी छ ।” मन्त्री रावलले भन्नुभयो । “त्यो विधेयक पनि हामिले धेरै मेहेनत गरेर एकदमै महत्वपुर्ण र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नेखालको बनाएका छौँ । ” महिला तथा स्वास्थ्यका समस्यामा गम्भिर छौं ।” उहाँ भन्नुभयो ।

उहाँले युवा महिलाका स्वास्थ्य तथा अन्य समस्या समाधानका लागि प्रदेश सरकारले छोरी बचत खाता संचालनमा ल्याएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा प्रदेशमा अलि बजेट अभाव भएकोले भनेजति गर्न नसकेको स्विकार गर्नुभयो । तर कर्णाली प्रदेश सरकार युवा, महिला विभिन्न संघसंस्थासंगको समन्वय र सहकार्यविना विकास सम्भव नभएको बताउनुभयो ।

सरकारले दिगोविकासको लक्ष्यप्राप्तिका लागि लैंगिक समानता र महिला शशक्तिकरणलाई महत्व दिएको छ । जुन दिगो विकासका सबै लक्ष्यप्राप्तीका लागि अनिवार्य छ ।

कर्णाली प्रदेशका युवाहरुलाको अर्थपुर्ण सहभागिता, पहुँचयोग्य स्वास्थ्य सेवा, विस्तारित यौन तथा प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नीतिनिर्माणका लागि कर्णाली प्रदेश सरकारलाई आव्हान ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापन पत्रमा आधारभुत स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा तथा सुचनामा युवा, महिला, अपांगता भएका व्यक्तिहरुको सहज पहुँच सुनिश्चित गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्यसंस्था स्वास्थ्यकर्मि तथा दक्ष जनशक्ती विकास कर्णाली प्रदेश सरकारको प्राथामिकतामा राख्न र लैंगिग समानतायुक्त र यौन तथा सामाजिक हिंसामुक्त कर्णाली प्रदेश निर्माण गर्न युवा तथा महिला लक्षित निती तय गर्न अनुरोध गरिएको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले लागु गर्ने कानुनको प्रभावकारी अनुगमन र नेपाल सरकारको लक्ष्यअनुरुप कर्णाली प्रदेशमा स्थापना हुनुपर्ने स्वास्थ्य सेवा केन्द्रहरु अबिलम्व स्थापना गर्न अनुरोध पनि ज्ञापन पत्रमा गरिएको छ ।

तालिमका सहजकर्ता पुन्य भण्डारीले यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सहभागि युवाहरुको अपेक्षा रहेको बताउनुभयो ।

नेपाल युवा संस्था संजालका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मिता श्रेष्ठले सहभागिहरुले आफुले ग्रहण गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नेतृत्व र सेयर गर्नुपर्ने बताउनुभयो ।

युवाहरुले वीरेन्द्रनगरमा मंगलवारदेखी तिन दिवसीय यौन तथा प्रजनन स्वास्थ्य अधिकार पैरवी क्षमता अभिवृद्धी तालिमपश्चात उक्त ज्ञापन पत्र बुझाएका हुन ।

तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा स्थानिय तहका २० जनाभन्दा बढि युवायुवतिहरुको सहभागिता रहेको थियो ।