२ महिने व्रिज कोर्ष कक्षा समापन


सहभागीहरु सामुहिक तस्विर लिदै ।

मिलन श्रेष्ठ
असार,७ सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा यहि बैशाख १७ गते देखी शिव माध्यमिक विद्यालय लाटीकोइली र कोपिला माध्यमिक विद्यालय पर्सेनीबाट एसइइ दिएका विद्यार्थीहरुकालागि सुचारु गरेको निशुल्क ३ महिने व्रिज कोर्ष, तयारी कक्षा र कम्प्यूटर कक्षा आज(शनिवार) समपन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै शिक्षिका कमला गिरी सुवेदीले निशुल्क कक्षा संचालन गरेकोमा धन्याद समेत व्यक्त गर्नु भयो । गिरीका अनुशार यस कोर्षले विद्यार्थीहरुले भविष्यमा अझ राम्रो गर्न सक्ने भए ।

शिव माविका प्रधानाध्यापक चन्द्रलाल सापकोटाले वालवालिकाको शिकाइलाई प्रभावकारी बनाइ उच्च शिक्षा हासिल गर्न यो कार्यक्रमले ठूलो मद्दत पुगेको बताउनुभयो ।

यस्तै कार्यक्रमका सभापती एवं ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले विद्यार्थीहरुको भविष्यका लागी आफ्नो वडाले कुनै पनि कसर नछाड्ने बताउनु भयो । मानन्धरका अनुशार सरकारी सामुदायिक विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुको लक्ष्य उद्देश्य एवं उज्ववल भविष्य बनाउनकालागि वडाले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । हरेक विद्यार्थीहरुले विद्यालयको गतिविधीहरुलाई नियाल्नुपर्छ । विद्यालयमा अध्ययन राम्रो संग हुँदैन भने त्यसकालागि आवाज उठाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

विद्यार्थीहरु संघै विद्यालयको गतिविधी एव अध्ययन कस्तो भैरहेको छ । राम्रो भएको छ कि छैन रु यदी भएको छैन भने त्यसकालागि क्रान्तिकारी हुनुपर्ने अध्यक्ष मानन्धरको भनाई थियो ।

शिक्षक जगत पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा वडाका दुई सामुदायिक विद्यालयबाट एसइइ दिएका विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।