पलाँताका ११ बिद्यालयमा अनिवार्य अंग्रेजी



मनिराज पाण्डे
३२ जेठ, कालीकोट

पलाँता गाउँपालिकाले यहाँका ११ वटा बिद्यालयमा अनिवार्य अंग्रजी शिक्षा लागु गरेको छ । गाउँपालिकाले छनोट गरेका ११ वटा नमुना बिद्यालयमा कक्षा १ र २ मा अंग्रेजी माध्यम बाट कक्षा शिक्षण गरिने शिक्षक पुर्णबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडा बाट एक–एक वटा र दलित समूदाय बाट एक र बिकट बस्ती बाट एक गरी जम्मा ११ वटा नमूना बिद्यालय छनोट गरेको हो ।

कक्षा एक र दुई अंग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयहरुमा कालिका मावि पुलाहा (१) सरस्वती मा वि राडुनेटा (२) खापरदेआ वि पनेरा (३) छन् । त्यस्तै कालिका आ वि छलाहा (४) कर्णाली मा वि खिन (५) देउली मा वि उखाडी (६) छनोटमा परेका छन् । माडुगडा आ वि पारौटी (७) दुदेसिल्लो मा वि बेर्सैनकोट (८) सरस्वती मा वि थिर्पु (९) उज्वल आ वि दुवाडीचौर र जनबिचार आ वि मेहेल्ने पनि नमूना बिद्यालयमा टनोट भएका छन् । उचित कक्षा कोठा ब्यवस्थापन, सिप र साधान स्रोतको सदुपयोग गर्न सके शिक्षामा सुधार ल्याउन सकिने शिक्षिका सरिता कुमारी बमले बताउनु भयो ।

अंग्रेजी माध्यमबाट कक्षा शिक्षण गराउन शिक्षकहरुका लागि आधारभूत तहको अंग्रेजी बिषय शिक्षकहरुका लागि ७ दिने तालिम प्रदान गरिएको शिक्षक प्रशिक्षक रणप्रसाद भट्टले बताउनु भयो । बिद्याथीले अंग्रेजी बिषयमा राम्रो अंक ल्याउन नसकेपछि स्थानीय सरकारले कक्षा १ बाटै अंग्रेजी पठन पाठन सुधार गर्ने निर्णय गरेको पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो । शिक्षकले कक्षा १ र २ मा अनिवार्य अंग्रेजी शिक्षण गर्न खेल सामाग्री, शिक्षण गर्ने बिधी, अंग्रेजी सुनाइ स्पीकर लगायतका सामाग्रीहरु दिइएको प्रशिक्षक पुर्णबहादुर थापाले बताउनु भयो ।

कक्षाको सुधार तथा ब्यवस्थापन नुहुनु, नियमित शिक्षक उपस्थिती नहुनु र शिक्षकमा शिक्षण बिधि दक्षता अपुग्ता देखिनु शिक्षा क्षेत्रका मुख्य समस्या भएको शिक्षा अभियानता पुर्णसिह बमले बताउनु भयो ।पलाँता गाउँपालिका २९ वटा आधारभूत बिद्याय र ६ वटा माध्यामिक बिद्यालय छन् । कक्षा १ र २ मा अनिवार्य अंग्रजी कक्षा शिक्षण गर्ने पलाँता कालिकोटको पहिलो गाउँपालिका हो ।