चिङ्गाड गाँउपालिकाको केन्द्र टुङ्गो लाग्यो


मिलन श्रेष्ठ

७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको चिङ्गाड गाँउपालिकाको केन्द्रकोलागि भएको विवाद आज साम्य भएको छ । आज गाँउपालिकाको अवलचिङ्गमा भएको मतदानबाट गाँउपालिकाको वडा नं २ को पूङ्ग खेत छनौट भएको छ ।

चिङ्गाड गाँउपालिकाका नासु एवं सूचना अधिकारी पदम जि.सी.ले मतदानमा जम्मा खसेको २२ मत पुरै सदर भएको बताउनुभयो । गाँउपालिकामा कूल ३३ सदस्यीयहरु मध्य १० जना सदस्यहरुले बहिस्कार गरेको र अध्यक्षले मतदान गर्न नमिल्ने हुँदा २२ जना सदस्यहरुले मतदान गर्नुभएको बताउनुभयो ।

जिसीले गत पौष ३० गते गाँउपालिकाको बैठक बस्ने भनिएतापनि स्थगित भएको थियो र पुन  गते बसेको बैठकले गाँउपालिकाको केन्द्रकालागि ३ स्थान पूङ्गखेत, राता डाँडा र बाहुन डाँडा  मध्य १ ठाँउलाई मतदानद्वारा टुङ्गो लगाउने निर्णय गरे अनुसार आज मतदानबाट गाँउपालिकाको स्थान तोकिएको जानकारी दिनुभयो ।